श्रीलंकामा भएको बम आक्रमणका मुख्य योजनाकार जहरान मारिए

श्रीलंकामा भएको बम आक्रमणका मुख्य योजनाकार जहरान मारिए

एजेन्सी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका बताएका छन् ।

हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले भनेका छन्, ‘ हाशिम दोश्रो आत्मघाती हमलामा सो होटलमा मारिए ।’

श्रीलंकाली खुफिया एजेन्सीको पछिल्लो रिपोर्टलाई उदृत गर्दै राष्ट्रपति सिरिसेनाले भने, ‘ श्रीलंकामा पछिल्लो समयमा इस्लामिक स्टेटसँग सम्बन्ध राख्ने १३० भन्दा बढी संदिग्ध व्यक्तहरु सक्रिय रहेका थिए ।’

तीमध्ये केहीलाई हिरासतमा लिइसकिएको र केहीले देश छाडिसकेको समेत उनले दाबी गरेका छन् । अहिले प्रहरीले ७० जनाको खोजी गरिरहेको समेत राष्ट्रपति सिरिसेनाले जानकारी दिए ।

श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा कारिब दुई सय ५३ जनाकाे मृत्यु भएकाे श्रीलङ्काका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

बिस्फोटमा मृत्यु हुनेमा धेरैजसो श्रीलङ्काली नागरिक थिए साथै थुप्रै विदेशी नागरिकको पनि मृत्यु भएको थियो । श्रीलङ्काका विदेश मन्त्रालयले मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । जम्माजम्मी ९ बिस्फोट भएको थियो ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए ।

गएराति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्