नेपालमा अपराधको पहिलो तह मानिने सार्वजनिक अपराधका घटना निक्कै बढी

<span class='c1'>नेपालमा अपराधको पहिलो तह मानिने</span> <span class='c2'>सार्वजनिक अपराधका घटना निक्कै बढी</span>

काठमाडौँवैशाख १५ गते ।

मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ ।

नेपालमा प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो । सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउनु नै सार्वजनिक अपराध भएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलो तहको अपराध हुने भएकाले यसमा उसलाई सुध्रनका लागि गरिने सजायको रुपमा मुद्दा अघि बढ्ने बताउनुभयो ।

गएको एक वर्षमा विभिन्न अपराधमा २५ हजार ५०९ मुद्दा दर्ता भएकोमा सार्वजनिक अपराधका मात्रै नौ हजार ६५७ मुद्दा छ । विसं २०७४ मा २५ हजार ७५५ मध्ये सार्वजनिक अपराधका १२ हजार बढी मुद्दा दर्ता भएको थियो । कसुरका प्रकृति धेरै भएकाले सार्वजनिक अपराधका मुद्दा धेरै देखिएको प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको बताउनुभयो ।

यस्ता घटनालाई कसैले पनि बेवास्ता नगरी प्रहरीलाई खबर गर्नुपर्ने उहाँको भनाइ छ । सार्वजनिक हित विपरीतका घटना सार्वजनिक अपराधभित्र पर्छ । “गालीगलौजदेखि जिस्काएको, अभद्र व्यवहार गरेको, मापसे गरेर समाजमा होहल्ला गर्नेदेखि टोले गुण्डा, छिमेकी झै–झगडा, सामाजिक विकृति, हातपात सबै सार्वजनिक अपराधमा पर्छ,” प्रवक्ता सुवेदीले भन्नुभयो ।

विसं २०७४ माभन्दा २०७५ मा अपराधका घटनामा केही कमी देखिए पनि सबैभन्दा बढी भने सार्वजनिक अपराधसम्बन्धी मुद्दा नै छ । प्रहरीका अनुसार विसं २०७५ मा आत्महत्यासम्बन्धी पाँच हजार ३३७, लागुऔषधसम्बन्धी तीन हजार २४, जबरजस्ती करणीमा एक हजार ७६०, बैंकिङ कसुरसम्बन्धी एक हजार ७७३ मुद्दा दर्ता भएको छ ।

अन्य घटनाको तुलनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी उद्योग र मानव बेचविखनका घटना केही कम रहेको सुवेदीले जानकारी दिनुभयो । सार्वजनिक अपराधका घटनामा विसं २०७५ ३३ हजार बढीलाई पक्राउ गरी कारवाही चलाइएको छ ।

त्यसको अघिल्लो वर्ष ३९ हजारलाई पक्राउ गरी कारवाही गरिएको प्रहरीले जनाएको छ । यो वर्ष अपराध नियन्त्रण अभियानसहितका समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका कारण आपराधिक घटनामा कमी आएको नेपाल प्रहरीको दाबी छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण अभियान र समुदायको सहयोगका कारण सङ्गठित अपराध रोकिएकाले समग्रमा शान्ति सुरक्षा सवल देखिएको बताउनुभएको छ । देशमा बन्दहडतालका घटना समेत नभएको र आम नागरिकले शान्तिको महसुस गर्ने वातावरण बनेको बताउँदै उहाँले यसलाई कायम राख्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित समुदाय प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको बताउनुभयो ।

प्रहरीले विसं २०७५ मा २६७ अवैध हतियार र ६३७ गोली बरामद गरेको तथा ३५१ जनालाई पक्राउ गरी कारवाही गरिएको जनाएको छ । अपराध नियन्त्रण गरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न नयाँ फौजदारी अपराधसंहिताको विषयमा झण्डै चार हजार प्रहरी कर्मचारीलाई प्रशिक्षण दिएर प्रशिक्षक तयार पारी अपराध अनुसन्धानमा लागेका प्रहरीलाई तालीम दिने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्