विराटनगरको किड्स भिलेज स्कुलमा ‘स्पोर्ट्स मिट’ सम्पन्न

<span class='c1'>विराटनगरको किड्स भिलेज स्कुलमा</span> <span class='c2'>‘स्पोर्ट्स मिट’ सम्पन्न</span>

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिट सम्पन्न भएको छ ।

आइतबारदेखि सुरु भएर बुधबार समापन भएको स्पोर्ट्स मिटमा विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाइएका थिए । विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका सबै विद्यार्थीको अनिवार्य सहभागिता रहेको प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।

उनका अनुसार यस वर्षको खेलकुदमा गणित खेल, ड्रयाग द बल, आकृति मिलाउने, खरायो दौड, कार रेसिङ, क्रिकेट, फुटबल, बाधा दौड, भ्यागुतो दौड, बोरा दौड, तीन खुट्टे दौड, धागो र सियो, टावर निर्माण र रिले जस्ता विविध खेलहरू समावेश गरिएका थिए ।

विजेता विद्यार्थीहरूलाई आगामी फागुन २१ गते पुरस्कार वितरण गरिने प्रिन्सिपल दाहालको भनाइ छ ।

यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

उनका अनुसार यस्ता खेलहरूले बालबालिकामा टिमवर्क, नेतृत्व क्षमता, रचनात्मक सोच र समस्या समाधान गर्ने क्षमताको विकास गर्छन् ।

यता, स्कुलका म्यानेजिङ डाइरेक्टर पंकज जैनले बाल्यकालमा खेलकुदमा सहभागिता जनाउँदा बालबालिकाको सर्वांगीण विकास हुने बताए ।

यसले उनीहरूको स्वास्थ्य, शिक्षा र व्यक्तित्व विकासमा पनि सकारात्मक प्रभाव पार्ने जैनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्