समुद्रमा डुब्दैछ इन्डोनेसियाको राजधानी जकार्ता

समुद्रमा डुब्दैछ इन्डोनेसियाको राजधानी जकार्ता

एजेन्सी, १९ बैशाख । इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ । यो घोषणा इन्डोनेसियाका योजना मन्त्री बमव्याग ब्रोजेनेगोरोले गरेका हुन् । उनले भनेका छन्, “राष्ट्रपति जोको भिडोडोले एक महत्वपूर्ण पैmसलामा राजधानीलाई अर्को स्थानमा लैजाने बारेमा बताएका छन् ।”
नयाँ राजधानी कुन स्थानमा हुन्छ भन्ने बारेमा हालसम्म कुनै जानकारी दिइएको छैन । यद्यपि स्थानीय मिडियाका अनुसार पलानकोरायाको ना म सबैभन्दा अगाडि छ ।

पलानकोराया बोर्निया टापुमा अवस्थित छ । यो केन्द्र्रीय कालिमेटनको उत्तर–पूर्व केही किलोमिटरको दूरीमा रहेको छ ।
जकार्तामा १ करोड मानिसको बसोबास रहँदै आएको छ, तर इन्डोनेसियाको यो राजधानी सहर विश्वकै तीव्र रूपमा डुब्न लागेको सहरमध्येको एक हो ।
जकार्ता दलदली जमिनको किनारामा रहेको छ, जहाँ १३ नदीले एक–अर्कालाई पार गर्छन् । शोधकर्ताका अनुसार यो सहरको ठूलो हिस्सा सन् २०५० मा डुब्न सक्छ ।
उत्तरी जकार्ता प्रत्येक वर्ष औसत १ देखि १५ सेन्टिमिटरको दरमा डुबिरहेको छ ।
आधा जकार्ता समुद्रभन्दा तल छ । यसको प्रमुख कारणमा पिउन र नुहाउनका लागि प्रयोग गरिने भूमिगत पानीको निकासी हो ।

सवारी चापको समस्या
सन् २०१६ को एक सर्भेमा महानगर जकार्ताको सवारी विश्वकै सर्वाधिक खराब रहेको देखिएको थियो । सरकारका मन्त्रीहरूले पनि सही समयमा पुग्नका लागि प्रहरीको सहयोग लिनुपर्ने अवस्था रहँदै आएको छ ।
योजना मन्त्रीका अनुसार जकार्ताको सवारी चापको समस्याका कारण अर्थतन्त्रमा प्रत्येक वर्ष ६.८ अर्ब डलरको क्षति हँुदै आएको छ ।
विगतका दुई दशकमा सरकारलाई विकेन्द्रित गर्ने ठूलो कार्यक्रम चल्दै आएको छ, जसका माध्यमबाट नगरपालिकालाई धेरै वित्तीय संसाधन तथा राजनीतिक शक्ति प्रदान गर्न सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्