थाइल्यान्डका राजाले गरे आफ्नै बडीगार्डसँग विवाह

थाइल्यान्डका राजाले गरे आफ्नै बडीगार्डसँग विवाह

बैंकक, १९ बैशाख। थाइल्यान्डका राजा महा बज्रिरोलङकनले आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह  गर्दै उनलाई रानी बनाएका छन्। रोयल ग्याजेटमा सूचना प्रकाशित गर्दै थाइल्यान्डको टेलिभिजन च्यानलहरुमा समेत विवाहका भिडियो सार्वजनिक गरिएको हो।

राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि राजा रामा १० भनेर चिनिने बज्रिरोलङकन २०१६ मा राजा बनेका थिए। यद्यपि उनले केही समयका लागि राज्याभिषेक नगर्ने बताएका थिए।

२०१४ मा थाइ एयर होस्टेस सुथिदा इडजायलाई उनले आफ्नो बडीगार्ड समूहकी सहायक कमान्डर बनाएका थिए। २०१६ डिसेम्बरमा इडजायलाई थाइल्यान्डको  सेनाको पूर्ण जनरलको पदमा नियुक्त गरेका थिए। राजा भएपछि उनले फेरि इडजायलाई आफ्नो बडीगार्ड समूहकी सहायक कमान्डर बनाएका थिए। यी दुईबीचको सम्बन्धको बारेमा राजदरबारले पहिलोपटक औपचारिक घोषणा गरेको हो।

बज्रिरोलङकनको यो तेस्रो विवाह हो। २०१४ मा उनको सम्बन्ध विच्छेद भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्