मजदुरकी श्रीमतीलाई जवरजस्ती गरेको आरोपमा विराटनगरका ब्यापारी पक्राउ

<span class='c1'>मजदुरकी श्रीमतीलाई जवरजस्ती गरेको</span> <span class='c2'>आरोपमा विराटनगरका ब्यापारी पक्राउ</span>

विराटनगर, १९ बैशाख ।
आफ्नै उद्योगमा कार्यरत मजदुरकी श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा ३ बस्ने वर्ष ४५ को दिपक गौतमलाई आफ्नै कार्यालयमा काम गर्ने मजदुरकी श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बरगाछीमा संञ्चालन गरेको ‘फस्ट ग्रेभियर’ नामको कार्यालयमा कार्यरत एक मजदुरकी श्रीमतीलाई उक्त कार्यालय परीसरभित्रै रहेको फेमिली क्वार्टरमा  जवरजस्ती गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार पक्राउ परेका गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । गौतमले महिलामाथि बैशाख १५ गते साँझ ७ बजे उद्योगकै कोठा भित्र जवरजस्ती करणी गरेकाे आराेप छ ।
महिलाका श्रीमान लामो समयदेखि गौतमको उद्योगमा काम गर्दै आएका छन् । श्रीमानलाई तलब बढाइदिने प्रलोभन देखाउँदा अस्वीकार गरेपछि गौतमले जवरजस्ती करणी गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी श्रेष्ठले बताए ।
घटना आइतबारको भएपनि बुधवार मात्र प्रहरी समक्ष पुगेको थियो । महिलाले श्रीमानलाई घटना विवरण सुनाएपछि उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आएका थिए । प्रहरीका अनुसार उनीहरु गौतमले सञ्चालने गरेको कार्यालय परिसरको क्वाटरमा बस्दै आएका थिए ।
तर गौतमका परिवारले भने फसाएको आरोप लगाएका छन् । नराम्रा गतिबिधि गर्ने भए त्यसरी यतिका लामो समयसम्म टिक्ने नै थिएनन् । लामो समयसम्म आश्रय दिएका कर्मचारीकी श्रीमतीलाई नै आरोप लगाउनु गलत भएको बताएका छन् । सिसिटिभी फुटेजमा पनि त्यस्तो कुनै गतिबिधि नभएको गौतम परिवारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्