विराटनगर, २० वैशाख । विराटनगर–५ मा रहेको ग्रिनल्याण्ड सेकेण्डरी स्कुलले मातातिर्थ औंसीको अवसरमा स्कुलमा अध्ययनरत विद्यार्थीका आमाहरुलाई सम्मान गरेको छ ।
अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये ७० वर्षभन्दा माथिका आमा तथा हजुरआमाको घरमा गएर मुख हेर्दै विद्यार्थीहरुले सम्मान गरेका हुन् । सो अवसरमा मिठा परिकारका साथै फलफुल खुवाई खादा ओढाएर सम्मान गरेको स्कुलका निर्देशक दिनेश दाहालले जानकारी दिए । निर्देशक दाहालले २४ जना आमा तथा हजुरमाहरुलाई सम्मान गरिएको जनाएका छन् ।
संस्कृतीको संरक्षण गर्दै वालवालिकालाई आप्mना अभिभावकप्रति थप उदरदायि बनाउने विश्वास लिएको निर्देशक दाहालले बताए । शिक्षालाई जीवन उपयोगी बनाउन र वालवालिकालाई सामाजिकीकरणको बाटोमा अगाडि बढाउन निरन्तर यस्ता कार्यक्रम आयोजना गरिने बिद्यालयका प्रिन्सिपल दिपक पोखरेलले बताए ।