आज आमाको मुख हेर्ने दिन : छोराछोरी समझेर रसाए आमाका आँखा

<span class='c1'>आज आमाको मुख हेर्ने दिन :</span> <span class='c2'>छोराछोरी समझेर रसाए आमाका आँखा</span>

यलु जोशी

काठमाडौँ, वैशाख २१ गते । ललितपुर लामाटारकी मीठू पौडेलको आँखाभरि आँशु थियो । शनिबार परेको आमा खुवाउने औंसीका अवसरमा छोरीको सम्झना आइरहेको उहाँले बताउनुभयो । आँसु पुस्दै उहाँले भन्नुभयो, ‘तीन वर्ष भयो भेट नभएको निकै याद आइरहेको छ ।’  समाज कल्याण केन्द्र पशुपति परिसरमा रहेको वृद्धाश्रममा १३ वर्षदेखि बस्दै आउनुभएकी पौडेललाई छोराको यादले पनि सताउँछ तर अहिले ऊ कुन अवस्थामा छ थाहा छैन् । उहाँले भन्नुभयो, ‘२५ वर्ष हुँदा हरायो । बौद्धिक विकास नभएको कारण पछि भेट भए पनि फेरि हरायो । छोरी झापामा छिन्, आउन जान टाढा छ । अनि कसरी भेट्न हुनु ।’
“मैले सानोमा कसरी छोरा छोरीलाई लालन पालन गरँे, त्यसरी नै मेरा सन्तानले गरोस् भन्ने चाहना थियो तर सम्भव हुन सकेन, अब त भगवान भरोसा हो,” उहाँले सुस्केरा हाल्दै भन्नुभयो । सानैदेखि पशुपतिमा आउने जाने गरेकाले यहाँको वृद्धाश्रमबारे ज्ञान थियो, त्यसैले आफैँ आएर यता बस्न थालेको उहाँले बताउनुभयो ।aama
उमेरले ७६ काटिसकेकी पौडेललाई छोरीज्वाइँको घरमा पनि जान इच्छा छैन । समाजले के भन्लान भन्ने पीर पनि छ । छोरीको घरमा पानी पनि पिउनु हुन्न भन्ने सामाजिक मान्यताको कारण पनि छोरीको घरमा बस्न मन नभएको उहाँको भनाइ छ । ‘आमा खुवाउने आँंैसी मिठो खाने, छोराछोरीले दिएको लुगाफाटो लगाउने त इच्छा छ नि तर के गर्नु भाग्यले यस्तै जुराएको रहेछ,’ उहाँले भन्नुभयो ।
भोटाहिटीको बासिन्दा हेरादेवी खड्गी पनि वृद्धाश्रममा जो कोही देखे पनि नमस्ते नमस्ते गर्दै हुनुहुन्थ्यो । नौ महिना अघि आश्रममा आउनुभएकी खड्गीलाई घर बनाउनुप¥यो भन्दै वृद्धाआश्रममा राख्न ल्याइएको रहेछ ।
८४ वर्षीय खड्गीलाई वृद्धाश्रम भन्ने कुरो पत्तै थिएन । थाहा पाएपछि निकै दुखी भएको अनुभव सुनाउँदै भन्नुभयो, ‘पछि छोरीको घरमा गएँ, बूढीलाई हामी पाल्न सक्दैनौँ भने, त्यसपछि यतै छु !’
कतिपयले आफ्ना आमाबाबुलाई वृद्धाश्रममा लगेर थन्काएका छन् । ‘जिन्दगीको उत्तरार्धमा सन्तान आफ्नै साथमा रहून् भन्ने कुन आमाको चाहना हुँदैन र ! आफ्नो ज्यान आफैंलाई भारी भएर घुँडाले बूढो शरीर धान्न नसकेको बेला घर, परिवार, छोराछोरी र आफन्तजनको सहारा हरेक वृद्धवृद्धाले खोज्छन् र यो स्वाभाविक हो,’ एकजना वृद्धाको भनाइ छ ।

आमा दिवसको विशेषता
समाजको आधारभूत इकाई परिवारप्रति आमाले पु¥याएको अतुलनीय योगदान र उत्तरदायित्वको स्मरण विविध तवरले विश्वभर गरिन्छ । नेपालमा आमाहरूको सम्मान गर्ने, सुस्वास्थ्य दीर्घायु तथा सुख समृद्धिको कामना गर्ने तथा निधन भइसकेका आमालाई सम्झने दिन अर्थात् आमाको मुख हेर्ने दिनलाई धेरै छाराछोरीले विशेष मान्छन् ।
परम्परागत मान्यतामा आमा, बुबा, गुरु र अतिथिलाई देवता सरह मान्छि । त्यसमा पनि पूर्वीय दर्शनमा आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान् अर्थात् ठूलो मानिन्छ । यसलाई पूर्वीय शास्त्रामा ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’ भनिएको छ ।
शास्त्रमा ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । जनबोलीमा यो पर्वलाई आमाको मुख हेर्ने दिन भन्ने गरिएको छ । यस दिन जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी सम्झना गरिन्छ । यस दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।
आमाले सन्तानलाई गरेको प्रेमको सम्मान स्वरुप यो पर्व मनाइने गरिएको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । आमाको स्नेह र प्रेमले नै सन्तानको उन्नति हुने हुनाले मातृशक्तिको विशेषता झल्काउन यो पर्व मनाउन थालिएको उहाँले भन्नुभयो ।
आमाले आफ्नो शरीरको अंशबाट छुट्टाएर सन्तानलाई जन्म दिएकी हुन्छिन् । नौ महिना आफ्नो कोखमा पालेर प्रसव पीडा भोगेर सन्तानलाई संसार देखाउँछिन् । आफ्नो स्तन चुसाएर, कतै केही होला की भनी धेरै होश पु¥याएर सन्तानलाई पालेकी हुन्छिन् ।
समाज कल्याण केन्द्र, वृद्धाश्रम पशुपतिका प्रमुख मनोजकुमार बस्नेत यहाँ मान्छे भित्रको मान्छेसँग परिचय हुने बताउँछन् । उहाँले भन्नुभयोे, ‘कतिपय मान्छे कुमान्छेमा परिणत हुन्छन्, थाहा पाउन यहीँ आउनु पर्छ ।’
पशुपतिनाथ परिसरको यो आश्रममा अहिले १५५ जना वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । महिला ९० र पुरुष ६५ जना छन् । वृद्धाश्रम १९३८ सालबाट सञ्चालमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्