ग्रामथानमा उद्घोषण तालिम सम्पन्न

<span class='c1'>ग्रामथानमा उद्घोषण</span> <span class='c2'>तालिम सम्पन्न</span>

विराटनगर, २१ बैशाख ।
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ४ मोतीपुरमा ३ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
ग्रामथान गाउँपालिका वडा ४ को सभा हलमा आयोजित तालिम आज सम्पन्न भएको हो । ग्रामीण जागरण राष्ट्रिय साप्ताहिक र ग्रामथान गाउँपालिका वडा ४ मोतीपुरको सहकार्यमा तालिमको आयोजना गरिएको थियो ।

तालिममा वडा नम्बर ४ का २७ जना बालवालिकाहरु सहभागी थिए । ग्रामथान क्षेत्रभित्र आफनो समूह र संस्थाले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन तालिमलाई सहयोग गरेकोे ग्रामथान गाउँपालिका वडा अध्यक्ष बैजनाथ विश्वासले बताए ।
अध्यक्ष विश्वासले आगामी दिनमा समेत बालबालिकाहरुका लागि तालिम सञ्चालन गर्न सहयोग गर्ने बताए ।
तालिममा उद्घोषकमा हुनुपर्ने गुणहरु, उद्घोषकले गर्नुपर्ने पूर्वतयारी, कार्यक्रम तालिका तयार गर्ने विधि, माईक्रोफोन र पोडियमको प्रयोगका साथै प्रस्तुतीकरण सम्बन्धी प्रशिक्षण दिई प्रयोगात्मक बिधिबाट जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्