फानी आँधीबाट बंगलादेशमा ६ जनाको मृत्यु

फानी आँधीबाट बंगलादेशमा ६ जनाको मृत्यु

एजेन्सी, २१ बैशाख । बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार छ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको पनि जानकारी दिनुभयो । तर स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० जना रहेको र करिब एक हजार घर क्षतिग्रस्त भएको बताएका छन् ।

बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् । टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पु¥याएका छन् ।

बंगलादेशी जलवायु विज्ञान विभागका निर्देशक शमसुद्दीन अहमदले फानीको बेग निकै मत्थर भइसकेको बताउनुभयो । सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्