विराटनगरमा अत्याधुनिक कार वास सेन्टर संचालनमा आउँदै

विराटनगरमा अत्याधुनिक कार वास सेन्टर  संचालनमा आउँदै

विराटनगर, २१ वैसाख । विराटनगरमा आईरन मुक्त पानीबाट गाडी धुने कार वास सेन्टर संचालनमा आउने भएकाे छ ।   विराटनगर ४ स्थित एयरर्पोट दक्षिण हाईवेमा आईतबारबाट विराट कार वास एण्ड रिकण्डिसन संचालनमा आउने भएको हो ।

करिब ५० लाखको लगानीमा विराटनगरका २ युवाले सयुत्त रुपमा वास सेन्टर संचालनमा ल्याउने  छन् ।  कार वास  सेन्टरमा कार, जिप, मोटरसाईकल, हायस लगायत सम्पुर्ण गाडी धुने व्यावस्था रहेको विराट कार वास सेन्टरका संचालक केशव घिमिरेले जानकारी दिए ।

विराटनगरमा आइरन भएको पानीले प्राय गाडी धुने चलन छ, त्यस्तो पानीले धुँदा चाडै नै गाडीमा खिया लाग्ने भएका कारण पहिलो पटक आइरन मुक्त पानीले धुने व्यावस्था गरिएको घिमिरेले जानकारी दिए । साथै विराट कार वास एण्ड रिकन्डीसनमा पुराना गाडी– नयाँ एक्सचेन्ज गर्ने व्यावस्था रहेको अर्का संचालक दिनेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्