अमेरिकाको फ्लोरिडामा यात्रुवाहक बोइङ विमान चिप्लिएर खस्दा पनि १४३ यात्रु सकुशल

अमेरिकाको फ्लोरिडामा  यात्रुवाहक बोइङ विमान चिप्लिएर खस्दा पनि १४३ यात्रु सकुशल

एएफपी/ मियामी, २२ बैशाख ।  अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्।

विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेशनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो।

विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सीएनएनसँग विमान जमिनमा बेसरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए। उनले आफूहरू पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए।

उनले एकछिन त विमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाए। उनले नदीमा विमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि जानकारी दिए। ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकृत क्याप्टेन मिसेल कोन्नोरले विमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार भएको प्रतिक्रिया दिए।

उक्त ७३७–८०० विमान १८ वर्ष पुरानो हो। अमेरिकी विमान कम्पनी बोइङ पछिल्ला दिनमा ७३७ म्याक्स सिरिजका विमान दुर्घटनाका कारण ठूलो संकटमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्