उपन्यासकार ज्योत्सनाको ‘सिड्नी सपना’को विराटनगरमा परिचर्चा

उपन्यासकार  ज्योत्सनाको ‘सिड्नी सपना’को विराटनगरमा परिचर्चा

विराटनगर, २२ बैशाख ।
उपन्यासकार सानु घिमिरे ज्योत्सनाको ‘सिड्नी सपना’ उपन्यासमाथि विराटनगरमा परिचर्चा गरिएको छ ।

कवि जगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले उपन्यासको सबल र दुर्बल पक्षलाई केलाएका थिए । कार्यक्रममा समालोचक प्राज्ञ दधिराज सुवेदीले सिड्नी सपना नारीवादी उपन्यास भएको चर्चा गरे । उनले ठूला सपना बोकेर विदेश जाने युवाहरुले सिड्नी सपना पढ्नै पर्नेमा जोड दिए । कवि कुन्ता शर्माले अध्ययनका लागि लहैलहै अष्टे«लियालगायतका मुलुकमा जाने युवायुवतीले झेल्नुपर्ने समस्यालाई उपन्यासले सशक्त रुपमा उठान गरेको बताए ।

साहित्यकार रोचक घिघिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ गंगा सुवेदी, प्राध्यापक कविराज न्यौपाने, प्रा.डा. गोपाल भण्डारी, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी, आयोजक संस्थाकी अध्यक्ष राधिका गुरागाईंलगायतले सिड्नी उपन्यासका विषयमा चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्