बिराटनगरमा युवाहरुको मातातिर्थ औशीकाे अवसरमा यस्तो सामाजिक कार्य

<span class='c1'>बिराटनगरमा युवाहरुको मातातिर्थ औशीकाे</span> <span class='c2'>अवसरमा यस्तो सामाजिक कार्य</span>

बिराटनगर बैशाख २२,

बिराटनगरमा परिवर्तनको लागि हातेमालो नामक युवा समुहले शनिबार मातातिर्थ औशीकाे अवसरमा बिराटनगर पुष्पलाल चाैकमा रहेको महिला जागृति बृद्धाआश्रममा कार्यक्रम गरेको छ ।

बृद्धाआश्रममा युवाहरुले आमाहरुलाई चियापान तथा खिर खुवाई मातातिर्थ औशी मनाएका थिए ।

साथै उक्त स्थानमा छरिएर रहेकाे निर्माण सामाग्रीकाे ब्यबस्थापन गरि जिबनयापनमा सहजता ल्याउनका अभियान्ताहरु लागेर सफाई समेत गरेको संस्थापक अध्यक्ष बिनाेद चहारले बताए ।

त्यसका साथै युवाहरुले बिराटनगर कालिमन्दिर शनिमन्दिर र हनुमान मन्दिर पुगेर पनि मन्दिर परिसरमा रहेका बृद्धबृदालाई खिर ख्वाएका थिए ।

समाजमा केही फरक संदेश दिन उक्त कार्यक्रम गरेको अभियानता सराेज कोइरालाले बताए । समुहले बिराटनगरमा बिभिन्न सरसफाइ तथा सामाजिक काम गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्