बिराटनगर बैशाख २४ ,

Advertisement

नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ  । विराटनगरमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

यहि बैशाख २८ गते  सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम्ब ब्याण्डको बिशेष प्रस्तुति रहने भएको छ । मलमा  दिउसो ४ बजेदेखि उक्त कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको सेन्ट्रल मलका मार्केटिङ अफिसर ओम घिमिरेले जानकारी दिए । मलले बैशाखमा बिभिन्न कार्यक्रम सहित बिभिन्न पुरस्कार पनि दिदै आएको छ ।
सेन्ट्रल मल शुभारम्भ २०७६ को नाममा ग्राहका लागि प्रत्येक दिन लक्की ड्र गराउने, प्रत्येक हप्ता र महिनाको अन्तिम दिन बम्पर उपहार वितरण गर्ने जनाएको छ ।
महिनाको अन्तिम दिन १ हजारको सामान किन्ने ग्राहकका लागि १ जनालाई यामाहाको स्कुटर, १ जनालाई यमाहाको मोटरसाईकल र १ जनालाई युरोप टुरको हवाई टिकट दिने गरी बम्पर उपहार योजना घोषणा गरेको हो ।
यस्तै प्रत्येक हप्ता १ जनालाई टिभी÷वासिङ मेसिन प्रदान गर्ने र प्रत्येक दिन लक्की ड्र मार्फत १ जनालाई मोबाइल र विराटनगर–काठमाडौंको हवाई टिकट, ५ जनालाई २ हजार बराबरको नगद भौचर प्रदान गर्ने र १० जनालाई सेन्ट्रल मल्टिप्लेक्सको फ्रि टिकट उपलब्ध गराउने मलका डाइरेक्टर प्रकाश मुन्दडाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस