राष्ट्रिय पत्रकारिता दिवस: प्रदेश सरकारद्वारा प्रदेश १ का चार जना पत्रकारलाई विराटनगरमा सम्मान

<span class='c1'>राष्ट्रिय पत्रकारिता दिवस:  प्रदेश सरकारद्वारा प्रदेश</span> <span class='c2'>१ का चार जना पत्रकारलाई विराटनगरमा सम्मान</span>

विराटनगर, २४ बैशाख ।  राष्ट्रिय पत्रकारिता दिवसकाे अवसरमा प्रदेश १ का चार जना पत्रकारलाई  सम्मान गरिएकाे छ ।

प्रदेश सरकारले आयाेजना गरेकाे कार्यक्रममा  नगद एक लाख रुपैयाँ, कदरपत्रसहित वरिष्ठ पत्रकार नकुल काजी, चन्द्र भण्डारी, हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मान गरिएको हाे ।   सम्मानित पत्रकार चन्द्र भण्डारीले पत्रकारीतालाई अझ मर्यादित बनाउन जरुरी भएको चर्चा गरे ।  कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शेरधन राईले राजधानीकाे बिषयलाई लिएर प्रदेश सभा नै विभाजित गर्न खाेजेकाे बताए । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेशका वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्न मंगलबार आन्तरिक मामिला मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले राजधानी तोक्न निकै सकस भएको पनि बताए ।

मतमतान्तर सिर्जना गरेर प्रदेशसभालाई नै विभाजित गर्ने प्रयासहरु भएपनि  सहमतिकै आधारमा स्थायी राजधानीको विषयमालाई टुंग्याउन सफल भएकाे बताएका हुन् ।

कार्यक्रममा  पत्रकारीता क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी भएको बताएका छन् ।  साेही अवसरमा सञ्चार कार्यदलका संयोजक यज्ञ शर्मा, मोरङ प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, कौशल चेम्जोङ र नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पनि मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्