विराटनगरमा आइसिटी स्टार्टअप एण्ड ईनोभेसन मेला, रोबोटले कुस्ती खेल्ने

विराटनगरमा आइसिटी स्टार्टअप एण्ड ईनोभेसन मेला,  रोबोटले कुस्ती खेल्ने

विराटनगर, २५ बैशाख ।
विराटनगरमा २ दिने आईसिटी स्टार्टअप एण्ड ईनोभेसन मेला आयोजना गरिने भएको छ । सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले आगामी बैशाख २७ र २८ गत फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गर्ने भएको हो ।

लिभिङ विथ आइसिटीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगरको होटल स्टर्न स्टारमा २ दिने फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला गर्ने जनाएको हो । मेलामा स्टार्टअप कम्पनी र आइटी विद्यार्थीका प्रोडक्ट तथा इनोभेसनहरु प्रदर्शनमा रहने आयोजकले जनाएको छ ।
आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनको रुपमा बिराटनगर, बुटवल र नारायणगणमा स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुने कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिए । बिराटनगर पश्चात जेष्ठ १० र ११ गते बुटवलमा र जेष्ठ १७ र १८ गते नारायणगणमा हुने लम्साले बताए ।
स्थानिय स्तरमै आइटीमा केहि गर्ने सोच बनाएर काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्दै इनोभेसन र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको लम्सालको भनाई छ । मेलामा सूचना प्रविधि क्षेत्रका सफ्टवेयर, एप्लिकेशन, आइओटी, सर्भिस र आइटी शिक्षाका स्टलहरु रहनेछन ।
४० वटा स्टलमा विभिन्न कम्पनीका प्रडक्ट र विद्यार्थीका प्रोजेक्टहरु प्रदर्शनमा रहनेछन । यसका साथै कार्यक्रममा रोबोट कुस्ती समेत सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रमको दोश्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना हुनेछ । कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुनेछन ।
सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, आइओटी र उद्यमशिलताका विषयमा काठमाण्डौबाट आएका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । कन्फ्रेन्समा सहभागी हुनको लागि एक हजार रुपैया तिर्नुपर्ने तर प्रदर्शनी हेर्नको लागि सबैलाई निशुल्क प्रवेश गराइने आयोजकले जनाएको छ । मेलाको उदघाटनमा मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्