८ भाद्र २०७६, आईतवार

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईका प्रतियोगिलाई तालिम सुरु

बिराटनगर बैशाख २६,

बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको तालिम सुरु भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ  । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगिलाई युवा अभियानकर्मी  तथा विकल्पका निर्देशक बसन्त अधिकारीले लिडरसिप समन्धी तालिम दिएका छन् । बिराटनगरको नेहरिका कलेजमा आयोजित उक्त तालिममा उनले प्रतियोगिलाई आफ्नो जीवन भोगाई सुनाएर उत्प्रेरित गरेका थिए ।
साथै , ग्रेस ईभेन्टले आफ्नो सहभागी विद्यार्थीहरुको जन्मदिन सामुहिक रुपले मनाएको छ । २ जना विद्यार्थीहरुको जन्मदिन परेको हुदा   सामुहिक   रुपमा जन्मदिन मनाइएको कार्यक्रम आयोजक उमेश कटवालले बताए ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस