विराटनगरकाे कोबास कलेजमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगरकाे कोबास कलेजमा  कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर, २७ बैशाख ।  विराटनगर – १० मा रहेको कोबास कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान तथा व्यवस्थाप संकायका २४ औं ब्याचका ५ सय ५१ जना विद्यार्थीहरुलाई मायाँको चिनो  समेत प्रदान गरेकाे छ ।  कार्यक्रममा कलेजको लिएको आन्तरिक तथा हिसानले लिएको परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । सोही कार्यक्रममा माध्यामिक  शिक्षा परिषद्ले दिएको परीक्षमा विज्ञान संकाय कक्षा–११ मा छात्रातर्फ प्रदेश १ प्रथम हाँसिल गर्ने निशा राजवंशीलाई ९६ हजार ६ सय र व्यवस्थापन संकाय कलेज प्रथम हुने ललीतकुमार साहलाई ३७ हजार ६ सय नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा  प्याव्सन विराटनगरका अध्यक्ष इन्द्र राई कलेजका प्रिन्सिपल सस्थापक डा. प्रा.डा. रमेश अधिकारी र सुमन कालीकोटे र शिक्षक प्रा.डा.घनश्याम श्रीवास्तवलगायतले शुभकामना दिएका थिए ।  कलेज व्यवस्थापन समितीका अध्यक्ष अजयकुमार दासको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्