मोरङ जिल्ला अदालतले कानुन दिवस मनायो, स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्नेमा जोड

मोरङ जिल्ला अदालतले कानुन दिवस मनायो,   स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्नेमा जोड

विराटनगर, २७ बैशाख ।
न्यायपालिकाले स्वच्छ रुपमा न्याय सम्पादन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन ।

कानुन दिवसको अबसरमा विराटनगरमा उच्च अदालत र मोरङ अदालतले संयुक्त रूपमा आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले संविधान र कानुनको कार्यन्वयन गर्न न्यायकर्मी स्वच्छ ढंगले लाग्नुपर्ने बताएका हुन ।
जिल्ला अदालत मोरङका मुख्य न्यायधिश राजकुमार खतिवडाले राजनीतिक परिवर्तन संगै संविधान र कानुन परिवर्तन भइरहने भएपनि न्यायपालिकाले सधै स्वच्छ ढंगले काननु कार्यन्वयन गर्नुपर्ने बताए ।
प्रदेश एक सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजनितिक परिवर्तनसंगै संविधानमा ब्यवस्था भएको समाजबादको अर्थ सामाजिक न्याय भएकोले यसका लागि न्याय सम्पादन स्वच्छ हुनु महत्वपूर्ण हुने बताए । उनले सबै बर्गका जनताको न्यायमा पहुच नभएको बताउदै उनीहरुको न्यायमा पहुँच पु¥याउने दायित्व राज्य र न्यायलयको भएको बताए ।
उनले स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहेका न्यायिक समितिलाई अब्बल बनाउन तालिम दिने तर्फ प्रदेश सरकारले छलफल गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्