विराटनगरको मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगरको मेरिल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीलाई विदाई

बिराटनगर बैशाख २७ ,

विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विहिवार विराटनगरमा एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ ।

कलेजमा अध्ययनरत व्यवस्थापन संकायका १६ औं ब्याचका ८१३ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदानगरी कलेजले विदाई गरेको हो । कार्यक्रमा विद्यार्थीहरुले बिभिन्न मनोरंजनात्मक प्रस्तुती दिएका थिए । कार्यक्रमा विद्यार्थी भैभव नाहाटा, इसीका नेपाल र मुकुन्द दाहालले कलेजमा २ बर्ष विताएका खुशीका क्षणहरु र कलेजले प्रदान गरेको उत्कृष्ट शैक्षिक वातावरणको खुलेर प्रशंशा गरेका थिए ।

कार्यक्रमा मेरिल्याण्ड कलेजका उपाध्यक्ष प्रा.डा. प्रमोद कु.झा, भेषराज पोखरेल र कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई २०७४ सालमा नेपाल दोस्रो र २०७५ सालमा नेपाल प्रथम भएको र अव उपलब्धीलाई जोगाइ राख्न कलेजले अत्याधुनिक प्रविधि मार्फत पठनपाठन गर्ने कुरा जानकारी गराउनु भएको थियो । कार्यक्रम कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्