बिराटनगरमा दुई दिने भारतीय शैक्षिक मेला शुरु, विद्यार्थीको उल्लेख्य सहभागिता

बिराटनगरमा दुई दिने भारतीय शैक्षिक मेला शुरु, विद्यार्थीको उल्लेख्य सहभागिता

विराटनगर, २७ वैशाख ।
विराटनगरको नमस्कार होटलमा शुक्रबारदेखि सुरु भएको दुई दिने भारतीय शैक्षिक मेलामा विद्यार्थीको उच्च सहभागिता देखिएको छ ।

भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागि परामर्स दिने हिसावले शुक्रवारदेखि सुरुभएको शैक्षिक मेलामा विद्यार्थी र अभिभावक शैक्षिक परामर्स लिन आएका हुन् । बिराटनगरको होटल नमस्कारमा बैशाख २७ गते र २८ गते आयोजना गरिएको बृहत शैक्षिक मेलामा भारतका ३० बढी विश्वबिद्यालयको उपस्थिति छ ।
बिराटनगरको कृष्ण फाउन्डेसनले आयोजना गरेको शैक्षिक मेलामा बिभिन्न विश्वबिद्यालयको छात्रवृत्ति समेत वितरण गरिने कार्यक्रम छ ।


बिराटनगरको वाइड रेन्ज कन्सल्टेन्सीले छात्रवृत्तिको लागि पहल गर्ने बताइएको छ । २ दिने शैक्षिक मेलामा विराटनगर लगायत इटहरी धरान उर्लाबारीबाट समेत शैक्षिक परामर्स लिन आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्