मोरङको धनपालबाट खैरो हेरोईन सहित दुई भारतीय पक्राउ

मोरङको धनपालबाट खैरो हेरोईन सहित दुई भारतीय पक्राउ

रबिन्द्र बराल
रंगेली, २७ बैशाख । मोरङको धनपालथान गाउँपालिकाबाट प्रहरीले खैरो हेरोईन सहित दुई भारतीयलाई पक्राउ गरेको छ । प्रदेश नम्बर १ को प्रहरी कार्यलय बिराटनगरको विशेष टोलीले धनपालथान गाउँपालिका ३ को स्थित बेतौनाबाट खैरो हिरोइन सहित दुई भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारतको कुर्सकट्टा पङरिया डुहुआवाडि १५ घर भएका बर्ष ३६ का संन्तोष कुमार मंन्डल र गाडीमा सवार रहेका वर्ष २४ को कमरूल खाँन रहेका छन् । मण्डलले चलाएको डिएल ७ सिएम ०१७६ नम्बरको स्कारपियोबाट १सय २५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई लागुऔषध ओसारपोसार अन्तर्गत मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ । पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्