टूथपेस्टले दाँत चम्किन्छ भन्ने लाग्छ भने त्याे भ्रम मात्र हाे

टूथपेस्टले दाँत चम्किन्छ भन्ने लाग्छ भने  त्याे भ्रम मात्र हाे

काठमाडाैँ, २७ बैशाख । हुन त हामी दिनदिनै टूथपेस्ट प्रयोग गरेर दाँत सफा गर्छौं । यसो गर्दा दाँत चम्किन्छ भन्ने हाम्रो विश्वास रहन्छ । तर के वास्तवमै टूथपेस्टले दाँत चम्काउँछ त ? आउनुस् हामी तथ्य बताउँछौं । मानिसको शरीरको सबभन्दा बलियो संरचना दाँत नै हो । यो चार अलग अलग पत्रबाट बनेको हुन्छ । ती पत्र हुन् पल्प, डेन्टिन, इनामेल र सिमेन्ट ।

टूथपेस्ट निर्माताहरूले दाँत सेतो हुने दाबी गर्छन् तर तिनीहरू दाँतको इनामेलका लागि हानिकारक हुन्छन् । धेरै टूथपेस्टमा हालिएका रसायनले त इनामेल पनि ध्वस्त पार्छन् । कतिपय टूथपेस्टले ले दाँतको बाहिरी कवचलाई खुल्याइदिन्छन् र कमजोर बनाउँछन् ।

ह्वाइटनिङ टूथपेस्टका फाइदाभन्दा नोक्सानी बढी छन् । यी पेस्ट दल्दा दाँतको बाहिरी पत्र घोटिन्छ र चिया, कफी, वाइन आदिका दाग दाँतमा देखिन थाल्छन् र दाँत फिक्का देखिन्छन् ।

दाँत चम्काउनु भन्दा पनि स्वस्थ राख्नु जरूरी हुन्छ । यसका लागि समयसमयमा गिजाहरूको मालिश गर्नुस् । अनि खाना खानेबित्तिकै कुल्ला गरिहाल्नुस् । दाँतमा कुनै पनि फोहोर जम्न नदिनुस् । दाँतको समस्या भयो भने विज्ञापनहरूबाट भ्रमित नभई तत्काल दन्तचिकित्सककहाँ जानुस् र सही उपचार गराउनुस् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्