धनकुटाकी बन्दानाकाे नाचेरै विश्व किर्तिमान कायम, नृत्यमा पिएचडी गर्ने तयारी

धनकुटाकी बन्दानाकाे नाचेरै विश्व किर्तिमान कायम,  नृत्यमा पिएचडी गर्ने तयारी

प्रेम देवान
विराटनगर, २८ वैशाख । धनकुटाको महालक्ष्मीनगरपालिका–९ मूर्तिढुंगाकी १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेरै विश्वकीर्तिमान राख्न सफल भएकी छिन् ।

लगातार १सय २६ घण्टा नाचेर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नामदर्ता गरेकी हुन् । गिनिज अफ वल्र्ड रेकर्डले एक हप्ता अगाडी उनलाई सबैभन्दालामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा औपचारिक प्रमाणपत्र दिईसकेको छ ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्डले मलाई सबैभन्दालामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमाऔपचारिक सर्टिफिकेट प्रदान गरे को छ’,उनले भनिन्, ‘मेरो मेहेनतले गर्दा नेपालको नाम विश्वसामु परिचित गराउन सफल भएकी छु ।’
बन्दनाले नेपाल फाउण्डेसनबाट विभिन्न सामाजिक गतिविधिमा सक्रियभई नृत्यलाई निरन्तरता दिँदै यही विधामा पिएचडी गर्ने तयारीमा रहेको आवर विराटनगरलाई बताईन् ।
गत मंसिरको पहिलो साता बत्तीपुतलीस्थित विग फुडल्याण्डमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि आयोजना गरेको कार्यक्रममा उनले नेपाली गीतहरूमा लगातार ६ दिन नृत्य गरेकी थिइन्। उनी लगातार नाच्ने क्रममा स्टेजमै ढलेकी समेत थिईन् । यसअघि गिनिजबुकमालामो समयसम्मनाचेको कीर्तिमान भारत केरलाकी कला मण्डलम हेमालथाले नाम लेखाएकी थिइन्।
लगातार १२६ घन्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भएकी बन्दना नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाण पत्र प्रदान गरेका थिए ।
उनले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा समेत नृत्य प्रस्तुत गरेर रेकर्ड ब्रेक गरेकी थिईन् । उनले २०७३ सालमा शिवकैलाशकला केन्द्रबाट एक र भारतको बैंगलोरबाट दुई महिनाको नृत्य प्रशिक्षण कक्षा लिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्