धरान घर भएका लोकप्रिय संचारकर्मी सुरजको उपचारको क्रममा निधन

धरान घर भएका लोकप्रिय संचारकर्मी सुरजको उपचारको क्रममा निधन

संचारकर्मी सुरज श्रेष्ठको उपचारको  क्रममा निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो ।

धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उहाँले आफ्नो छुट्टै पहिचान बनाउनु भएको थियो । त्यस्तै विक्रम संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बन्नुभयो ।

लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ ।

श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्