विराटनगरको लर्ड बुद्ध कलेजले ५ सय १४ जनालाई विदाई गर्यो

विराटनगरको लर्ड बुद्ध कलेजले ५ सय १४ जनालाई विदाई गर्यो

विराटननगर २८ वैसाख । विराटनगर १० मा रहेको लर्ड बुद्ध कलेजले कक्षा १२ को परिक्षा दिएका ५ सय १४ जनालाई एक कार्यक्रम विच विदाई गरेको छ ।
कलेजले शुक्रबार कलेज परिसरमा एक कार्यक्रम विच विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थीहरुले आफूमा भएको कलालाई प्रर्दशन समेत गरेका थिए । विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा राष्ट्रिय गायक रामा मण्डल, डान्सर मेनुका माझी , प्रवलदिप विस्वास लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कलेजले आफ्ना १६ व्याचका विद्यार्थीहरुलाई विदाई गरिएको कलेजका चियरपर्सन नितिन गजुरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्