विराटनगरको नोबेलका बिडिएसका विद्यार्थीले गरे बिदाई कार्यक्रम, सिनियरलाई सम्मान

विराटनगरको नोबेलका बिडिएसका विद्यार्थीले गरे बिदाई कार्यक्रम, सिनियरलाई सम्मान

विराटनगर बैशाख २८,

विराटनगरको कन्चनबारीस्थित नोबेल मेडिकल कलेजमा दन्तचिकित्सक (विडिएस) का विद्यार्थीले आफ्ना सिनियर ब्याचलाई विदाई कार्यक्रम आयोजना गरेको छ ।

नोबेलको बिडिएस चौथो ब्याजका विद्यार्थीले कलेजका तेस्रो ब्याचका विद्यार्थीलाई सम्मान स्वरुप मायाको चिनो तथा विभिन्न संगितिक कार्यक्रम आयोजना गरेको थियो ।

हरेक वर्ष विद्यार्थीहरुले अन्तिम वर्षमा आफ्नो सिनियर ब्याचलाई उक्त विदाई कार्यक्रम गर्ने गरेको आयोजक ब्याचका बिशेक दाहालले जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य , गायन तथा कविता प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्