विराटनगर, २९ बैशाख ।
डिप्लोमा इन्जीनियरर्स एसोसिएशन नेपाल (डिन) मोरङकोे तेह्रौं जिल्ला अधिवेशन विराटनगरमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन सत्रमा बोल्नुहुंदै डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंहले डिनमा विभिन्न ३१ क्षेत्रमा काम गर्ने इन्जीनियरहरुको आबद्धता रहेको बताए । उनले संस्थाले विश्वका विभिन्न १६ वटा मुलुकमा रहेका इन्जीनियरहरुको संस्थासँग सहकार्य गर्दै नेपालका इन्जीनियरहरुको क्षमता र सिप अभिबृद्धिको काम गर्दै आएको जानकारी दिए ।
डिनका केन्द्रीय उपाध्यक्ष रामसुवरण चौधरी, महासचिव जीवन घिमिरे र मोरङ अध्यक्ष राजकुमार पोखरेल लगायतका वक्ताले विकासको गतिसंगै प्रविधिमा भएको परिर्वतनका बिषयमा इन्जीनियरहरु अपडेट भइरहनुपर्ने आवश्यकता रहेको बताए । सो अवसरमा डिनमा आबद्ध रहंदै विभिन्न निकायमा सेवा गरेर सेवानिवृत भएका सदस्यहरुलाई सम्मान गरिएको थियो ।