मुसा मार्ने बिषादी खाँदा लेटाङमा १९ महिने नाबालकको मृत्यु

<span class='c1'>मुसा मार्ने बिषादी खाँदा लेटाङमा</span> <span class='c2'>१९ महिने नाबालकको मृत्यु</span>

विराटनगर, २९ बैशाख ।
मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ ।

स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाका अनुशार खेल्न जाने क्रममा नजानेर बच्चाले सेवन गरेका कारण घटना भएको पाइएको छ ।
प्रहरीका अनुसार विषादी घोलेर थालमा राखिएको पानी छोराले खाँदै गरेको अवस्थामा बुधबार दिउँसो १ बजेतिर आमा दिलुले देखेकी थिइन् । पानी खाएको केही बेरमै बिरामी परेपछि नाबालकलाई उपचारका लागि धरान लगिएको थियो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा गएराति नाबालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्