भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौं चरणको मतदान

भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौं चरणको मतदान

नयाँ दिल्ली, वैशाख २९ ।

भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ । यो चरणमा विभिन्न ७ राज्यका ५९ लोकसभा सदस्यको भाग्यको फैसला हुने छ । तीमध्ये दिल्लीका सात वटा लोकसभा क्षेत्रमा पनि आजै मतदान भइरहेको छ ।

भारतको राजधानीसमेत भएकाले दिल्लीको सरगर्मी र नतिजामाथि सबैको चासो छ । १ करोड ४३ लाख मतदाता रहेको दिल्लीमा ७ स्थानमा यस पटक १६४ जना उम्मेदवार प्रतिश्र्धामा छन् । त्यस्तै उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्य प्रदेश, बिहार र पश्चिम बंगालका ८/८ र झारखण्डका ४ वटा निर्वाचन क्षेत्रमा पनि मतदान भइरहेको छ ।

यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भाजपा ४४ स्थानमा विजयी भएको थियो । आजको निर्वाचनबाट संघीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कंग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा) का प्रज्ञा सिंह ठाकुरसहित ९६८ को राजनीतिक फैसला हुँदै छ ।

भारतमा गत अप्रिल ११ देखि सुरु लोकसभा चुनाव मे १९ मा सकिनेछ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्