विराटनगरमा हिमालय दर्शन कलेजमा रिफ्रेसमेन्ट कार्यक्रमको लक्की ड्रको नतिजा सार्वजनिक

विराटनगरमा हिमालय दर्शन कलेजमा रिफ्रेसमेन्ट कार्यक्रमको लक्की ड्रको नतिजा सार्वजनिक

विराटनगर, २९ वैसाख । विराटनगर ९ मा रहेको हिमालयन दर्शन कलेजले आयोजना गरेको रिफ्रेसमेन्ट कार्यक्रम अन्र्तगत गरिएको लक्की ड्रको नतिजा सार्वजनिक गरिएको छ ।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको रिफ्रेसमेन्ट कार्यक्रम अन्र्तगत लक्की ड्र को नम्बर सार्वजनिक गरिएको हो । विराटनगरका विभिन्न प्लस टु मा अध्ययरनत कक्षा १२ का १५ सय विद्यार्थीहरु मध्ये ३६ जना विजेता बनेका थिए । त्यस मध्ये एक जनालाई बम्पर उपहार प्रदान गरिने छ ।
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी रिफ्रेस होस भनेर कार्यक्रम आयोजना गरिएकोे हिमालयन दर्शन कलेजका प्राचार्य भरत सापकोटाले जानकारी दिए ।
रिफ्रसमेन्टको बम्पर उपहार अन्र्तगत सामसुङ कम्पनीको कोर ए टु मोवाईल उपहार रहेको थियो । त्यसैगरी प्रथम विजेतालाई विग होटलमा डिनरको साथमा सेन्ट्रल मप्लिेक्स फिल्म हलको एउटा टिकट रहेको छ । त्यसैगरी दोस्रो विजेतालाई पर्पल हेजको डिनर साथमा सेन्ट्रल मल्टिप्लेक्स हलको टिकट रहेको छ ।
तेस्रो विजेतलाई पर्पल हेजको डिनर वा फिल्म हलको एउटा टिकटको व्यवस्था रहेको कलेजले जनाएको छ । रिफ्रेसमेन्ट कार्यक्रममा विराटनगरका हाँस्य कलाकार पारस थापाले चिठ्ठाको नतिजा सार्वजनिक गरेका थिए । साथै थापाले उपस्थित विद्याथीहरुलाई समसामयिक विषयमा व्याङगात्मक शैलीमा नेताहरुको क्यारीकेचर गरेर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रम कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, भुपाल मिश्रा, सुमित कुमार साह लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्