विराटनगरको ईश्वर वचत तथा ऋण सहकारीको खुल्ला रक्तदान, ४४ जनाले गरे रक्तदान

विराटनगरको ईश्वर वचत तथा ऋण सहकारीको खुल्ला रक्तदान, ४४ जनाले गरे रक्तदान

विराटनगर , २९ वैसाख । विराटनगर ८ मा रहेका ईश्वर वचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम गरेको छ । सहकारीले आफ्नो ७ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बल बहादुर घिमिरेले जानकारी दिए ।  २०६९ सालमा स्थापना भएको सहकारीले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै आएको छ । साेही अवसरमा सहकारीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको सहकारीका प्रेस सल्लाहाकार मुन कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्