यात्रुवाहक जहाज चक्काबिनै अवतरण, म्यानमारका पाइलटको निकै सावधानीपूर्ण निर्णय

<span class='c1'>यात्रुवाहक जहाज  चक्काबिनै अवतरण,</span> <span class='c2'>म्यानमारका पाइलटको निकै सावधानीपूर्ण निर्णय</span>

म्यानमार, २९ बैशाख ।  म्यानमारमा आइतबार एउटा यात्रुवाहक जहाज दुर्घटना हुनबाट जोगिएको छ। पाइलटको निकै सावधानीपूर्ण निर्णय कौशलले उक्त जहाज ल्याण्डिङ चक्काबिनै सुरक्षित अवतरण भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यंगुनबाट उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ उडान नम्बरको एम्ब्राएर १९० जहाज बिहान ९ बजेतिर मण्डाले विमानस्थलमा अवतरण हुन खोज्दा अगाडिको चक्का खुलेको थिएन।

त्यसपछि पाइलटले जहाजको नाक रन वेमा जोतेर जहाजलाई दुर्घटना हुनबाट जोगाए। जहाज रोकिएको केहीबेरमा यात्रु र चालक दलका ८२ जनालाई तत्काल बाहिर निकालिएको थियो।

‘पाइलटले गज्जब काम गरे,’ म्यानमानरको यातायात र सञ्चार मन्त्रालयका सचिव विन खान्टले भने।

जहाजका पाइलट क्याप्टेन म्यात मोङ आङ यसअघि दुई पटक उक्त विमानस्थल गएका थिए। ल्याण्डिङ गेयरले काम नगरेको थाहा पाएपछि उनले पहिला जहाजको इन्धन सकेका थिए किनकी धेरै इन्धनमा ल्याण्ड गर्दा भार बढी हुन्छ।

सचिव विन खान्टले घटनाको छानबिन भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्