विराटनगरका राजिव जैन करोडपति बन्लान ? २५ लाख जिते, जम्मा दुई प्रश्न बाँकी

विराटनगरका राजिव जैन करोडपति बन्लान ? २५ लाख जिते, जम्मा दुई प्रश्न बाँकी

विराटनगर, २९ बैशाख।
नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगर कै हुन त ? यो प्रश्न आज सबैको मनमा परेको छ ।

शनिवार साँझको कार्यक्रम को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले २५ लाख जितेसँगै राेकिएको कार्यक्रममा आज पनि उनले खेल्नेछन् ।  तर आजको अंकमा करोडपति हुनेमा उनै हुन् की भनेर आशंका गरिएको छ । एपीवान टेलिभिजनको कार्यक्रम को बन्छ करोडपतिको ४१ औ अंकमा १३ औँ प्रश्नको सही जवाफ दिएसँग सकिएको कार्यक्रममा उनी आउट भएका छैनन् ।उनले अब २ वटा प्रश्न मिलाएको अबस्थामा १ करोड हात पार्नेछन् । १ करोड प्राप्त गरे विश्व भ्रमणमा निस्कने सोचमा रहेका राजिवको लागि आजको प्रतियोगिताले १ करोडको भागेदार बनाउँछ या बनाउँदैन त्यो आजको कार्यक्रममा थाहा हुनेछ । विराटनगरमा जन्मिएका ४३ बर्षिय राजिब विगत १० बर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका छन् ।

विराटनगरमा नै रहेको अरनिको बोर्डिङ स्कुलबाट एसएलसी दिएका बिद्यार्थी हुन् । भारतमा बसेर पढेका बेला उनी कौन बनेगा करोडपतिमा धेरै पटक प्रयास गर्दा पनि नभएपछि फेरी नेपालमा शुरु भएको को बन्छ करोड पतिमा छनौटमा परेको उनले कार्यक्रमको दौरान भनेका छन् । १८ बर्षदेखि को बन्छ करोड पतिको लागि प्रयासरत उनी आजको कार्यक्रममा बिजयी भएका हुन् हैनन् भन्ने आधिकारिक घोषणा भएको छैन ।

यसअघि नै को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन (को बन्छ करोडपति)ले आफ्नो प्रोमो भने सार्बजनिक गरिसकेको छ । तर अनुहार नदेखाईएकोले पुष्टी भएको छैन । को बन्छ करोडपति एपीवान टेलिभिजनबाट हरेक शनिवार, आईतवार र सोमबार साँझ ८ः४५ देखि प्रसारण हुँदै आएको छ ।

https://www.youtube.com/watch?v=kh-w_rFXiyQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्