विराटनगरको नोबेलले मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

विराटनगरको नोबेलले  मनाईयो अन्तर्राष्ट्रिय नर्सिङ दिवस

बिराटनगर, ३० बैशाख । १९९ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आईतबार नोबेल शिक्षण अस्पतालले एक कायक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएको छ ।

कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् । नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, मेट्रोन कल्पना पोख्रेल, नर्सिङ निर्देशक सिता चापागाई, सहायक प्राध्यापक दुर्गा चौलागाई लगायतले नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।
नर्सिङ दिवसकै अवसर पारेर गरिएको हाजिरी जवाफ प्रतियोगिताका बिजयीहरुलाई सोहि अवसरमा पुरस्कृत गरियो । कार्यक्रममा नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत सहभागि थिए । नोबेलमा ५ सय ५५ जना स्वास्थ्य परिचारिका (नर्स) कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्