विराटनगरको न्यूरो अस्पतालले जेष्ठ नागरिककाे स्वस्थ्य परिक्षण गर्दै नर्सिङ दिवस मनायाे

विराटनगरको न्यूरो अस्पतालले  जेष्ठ नागरिककाे स्वस्थ्य परिक्षण गर्दै नर्सिङ दिवस मनायाे

विराटनगर, ३० बैशाख ।  विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले बिभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ । हस्पिटलले बिराटनगर वडा नम्बर ८ मा रहेको बिराटेश्वर बृद्धाश्रमका जेष्ठ नागरिकलाई निःशूल्क स्वास्थ्य परिक्षण गरेको हो ।

बृद्धाश्रमका ५० जना जेष्ठ नागरिकहरुलाई न्यूरो हस्पिटलका डा. साहिल अंसारी , डा. राकेश साह तथा नर्सहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
आश्रममा आश्रित जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरे संगै आवश्यक ओषधिहरु समेत बितरण गरिएको हस्पिटलका मेट्रोन सगुन थापाले बताए ।
बिराटेश्वर बृद्धाश्रमकी कोषध्यक्ष उमा रेगमीले न्यूरो हस्पिटलले यस अघि पनि धेरै पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्दै आएकाले हस्पिटल प्रति धन्यवाद व्यक्त गरिन् ।
यस्तै दिवसकै अवसरमा हस्पिटलले आन्तरिक हाजरीजवाफ प्रतियोगिता तथा निबन्ध प्रतियोगिता गरेको छ । प्रतियोगितामा बिजेता नर्स अनु दहाल , अंजना सुब्बा , रितिका मास्के र एच.ए. जय मेहतालाई न्यूरो हस्पिटलका बरिष्ठ अर्थोपेडिक सर्जन नविन कर्णले पुरस्कृत गरेका थिए ।
यस्तै निबन्ध प्रतियोगितामा उत्कृष्ट दुइ जना अनु दहाल र स्वेता चिल्वाललाई हस्पिटलका डाइरेक्टर रञ्जितराज बस्नेतले पुरस्कार वितरण गरेका थिए । यस्तै सो कार्यक्रममा हस्पिटलका संस्थापक एवम बरिष्ठ न्यूरोलोजिस्ट डा बिरेन्द्र कुमार बिष्ट ,बरिष्ठ अर्थोपेडिक सर्जन डा.नविन कुमार कर्ण लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्