अफगानिस्तानमा दिन दहाडै टेलिभिजन प्रस्तोताको गोली हानेर हत्या

अफगानिस्तानमा दिन दहाडै टेलिभिजन प्रस्तोताको गोली हानेर हत्या

काबुल ।

अफगानिस्तानका टेलिभिजन प्रस्तोता तथा अधिकारकर्मी मिना मंगलको दिन दहाडै राजधानीमा गोली हानी हत्या भएपछि त्यहाँ आक्रोश उत्पन्न भएको छ । राजनीतिज्ञ र अधिकारकर्मीले  हत्याको विरोध गर्दै पीडितलाई न्याय दिनुपर्ने जनाएका छन् ।

उनी राजनीतिक करियरमा प्रवेश गर्नुअघि टेलिभिजन प्रस्तोताका रुपमा काम गर्थिन् । उनको गएको शनिबार काबुलमा गोली हानेर हत्या भएको थियो । सरकारी अधिकारीहरुले  हत्यारालाई समातेरै छोड्ने बताएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको भएपनि घटनामा कसको हात छ भन्ने कुरा अझै प्रष्ट भएको छैन ।

मंगल अहिले अफगान संसदको साँस्कृतिक मामिला आयोगमा सल्लाहकारको रुपमा कार्यरत थिइन् । उनले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा आफूलाई सुरक्षा थ्रेट रहेको बताएकी थिइन् । तर, को बाट थ्रेट भन्ने कुरा नखुलाएकी बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्