बिराटनगरमा नेतृ सुजाता कोइरालाले भनिन “प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न”

बिराटनगरमा नेतृ सुजाता कोइरालाले भनिन  “प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न”

विराटनगर ३० बैशाख

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस माथी कुनै पनि किसिमका अंकुश लाउन नहुने बताइन् । जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको कोइराको भनाइ थियो । उनले संविधान कार्यान्वयनका दिशामा देश अगाडी बढिरहेका बेला सानो सोच र मानसिकताबाट अगाडी बढ्दा प्राप्त उपलब्धी गुम्ने खतरालाई ध्यान दिन पनि सरकार र नेतृत्वलाई आग्रह गरिन । 


स –साना कुरामा अल्झिएर भन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुन आबश्यक रहेको बताइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने प्रपन्चबाट अगाडी बढे त्यो सफल नहुने जीकिर गरिन् ।

कतिपय घटनाले‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,, कोइरालाले भनिन् त्यसो भए त्यो सवैभन्दा दुर्भाग्य हुन्छ । उनले सहमति ,सहकार्यको बाटोमा हिड्न र जनताको भावना अनुरुपका काम गर्न सरकार लाग्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्