विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ

विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ

बिराटनगर बैशाख ३१ ,

विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन् । विकिपिडियाको पहिचान, सुधार र नेपालका विभिन्न समुदायहरूमा यसको प्रयोगको बारेमा जानकारी गराउन विराटनगरमा विकी जागरूकता अभियान सुरु हुदैँ छ ।

यस अन्तर्गत बिलबोर्ड पहल परियोजनामा नेपालका दुईवटा सहरहरु विराटनगर र जनकपुरका मुख्य स्थानहरू चयन गरी नेपाली र मैथिली समुदायमा विकिपीडियाको जागरूकता बढाउन त्यहाँ होर्डिङ लगाइनेछ । मुख्य रूपमा यस परियोजनाले नयाँ पाठकहरूलाई आकर्षित गराउने उद्देश्यले सञ्चालन गरिन लागिएको हो ।

नलेज साझेदारका रूपमा ओकफा रहेको यस परियोजनाका संयोजक तुलसी भगतले जानकारी दिए । यसका सथै विकिमिडियनस् बिप्लब आनन्द, संजोग देव, विजय चौरसिया, पंकज देओ र संदीप राउतले नेतृत्व गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्