विराटनगरको न्यूरोमा रक्तदान, ३४ पिन्ट रगत संकलन

विराटनगरको न्यूरोमा रक्तदान, ३४ पिन्ट रगत संकलन

विराटनगर, १ जेठ ।
न्यूरो कार्डियो एण्ड मलिटस्पेसियालिटी हस्पिटल र नेपाल महिला व्यवसायी मंच संगको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेड क्रसको प्राविधिक सहयोगमा न्यूरो अस्पतालमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा ३४जनाले रक्तदान गरेका हुन ।
अस्पतालका चिकित्सक, नर्स, अन्य कर्मचारीहरुलगायत नेपाल महिला व्यवसायी मंचका पदाधिकारीहरुले रतmदान गरेका थिए । अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार बिष्टले अस्पतालको सामाजिक उत्तदायित्व बिषयमा जानकारी गराउँदै कार्यक्रमको उदघाटन गरेका थिए । अस्पतालका बरिष्ठ प्याथोलोजिष्ट डा. सागरराज पाण्डले रतmदानको महत्वको विषयमा प्रकाश पारेका थिए ।
सो अवसरमा नेपाल महिला व्यवसायी मंचकी बर्तमान अध्यक्ष निना राज भण्डारीले आगामी दिनमा समेत न्यूरो अस्पताल र नेपाल महिला व्यवसायी मंचको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रतmदान कार्यक्रमहरु गर्ने बताइन् । कार्यक्रममा मंचको संस्थापक अध्यक्ष रमेश श्रेष्ठ , न्यूरो हस्पिटलकी मेट्रोन सगुन थापा , हस्पिटलकी जनसम्पर्क अधिकृत दिब्या राजभण्डारी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्