नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार

नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार

मुम्बई । नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ ।

प्रहरीले सो सम्बन्धमा मुद्दा दर्ता गरेको र यस मुद्दालाई दिल्ली प्रहरीको जिम्मा लगाइएको जनाइएको छ । ती नेपाली युवतीले बलात्कारीको नाम पनि प्रहरीलाई टिपाएको समाचारमा जनाइएको छ । उनीहरुमध्ये एक जनाको फोन नम्बरसमेत प्रहरीलाई दिइएको छ । युवतीले दिल्लीमा रेलबाट कसरी मुम्बई जान सकिन्छ भनेर सोधेकी थिइन् ।

दिल्लीको द्वारका भन्ने स्थानमा रहेको बेलामा एक जना व्यक्तिले उनलाई मद्दत गर्ने बताएको थियो । त्यसपछि सोही व्यक्तिले उनलाई घरमा लिएर गए र त्यही आराम गर्न भने । त्यसपछि सोही घरमा ती युवतीलाई बलात्कार गरेको र  ती व्यक्तिले आफ्ना तीन साथीलाई पनि बोलाएको थियो ।

सामूहिक बलात्कारपछि ती युवतीलाई रेलवे स्टेशन नजिकै छोडेका थिए । द्वारकाबाट नेपाली युवतीले आफ्ना दाजुलाई फोन गरेका कारण सो व्यक्तिको फोन त्यही बेलामा पत्ता लागेको जनाइएको छ ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । पीडितका दाजुले प्रहरीसमक्ष सोमबार उजुरी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्