ओबी मिडियाकर्मी सन्दिपको तारिफ गर्दै बीबीसी हिन्दीले लेख्यो समाचार , कारण यस्तो …

ओबी मिडियाकर्मी सन्दिपको तारिफ गर्दै बीबीसी हिन्दीले लेख्यो समाचार , कारण यस्तो …

विराटनगर, जेठ १ गते ।

कमल हासनको गोडसे 'आतंकवादी' बयानमा भएको विवादपछी विभिन्न पोर्टलहरुमा अनैतिक शब्दहरुको प्रयोग गरी उनको चरित्र हत्या गर्ने क्रम बढ्दो छ । एक अज्ञात प्रयोगकर्ताले २०७६ बैशाख ३० गते बिहान ११:३० मा हासनको हिन्दी विकिपीडिया पृष्ठमा "एक अत्यन्त हिन्दू विरोधी मानसिकता र छवि भएको व्यक्ति" को रूपमा वर्णन गर्यो । त्यसपछी योगदानकर्ताका रूपमा रहेका विराटनगरका युवा संदीप राउतले दिउँसो १.३० बजे ती शब्दहरुलाई पृष्ठबाट हटाएका थिए । यस खबरलाई बीबीसी हिन्दी न्यूज़मा प्रकाशित गरिएको थियो जुन अहिले सामाजिक सञ्जालहरुमा भाइरल हुँदै छ ।

राउत भने दुई वर्ष देखी विकिपिडियामा योगदानकर्ताको रुपमा सम्पादन गर्दै आएका छन् । हाल उनी विकी जागरूकता अभियानका सञ्चार प्रमुखका रुपमा काम गर्दै छन् र ओबी मिडिया प्रालिको "वर्ड विङ्ग्स्" का संस्थापक समेत रहेका छन् जुन पूर्वी नेपालमा पहिलो पटक थालनी गरिएको ओपन स्टेज कार्यक्रम हो । उनि बिगत २ बर्षदेखि ओबी मिडियामा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्