मोरङको बुढीगंगामा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

मोरङको बुढीगंगामा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

विराटनगर, १ जेठ । मोरङको बुढीगंगा गाउँपालिका–७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को२त ५१४ नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिएको हो । ट्याक्टरबाट च्यापिएर ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर बस्ने बर्ष २५ को भरत राई घाईते भएका थिए ।

गम्भीर घाइते राईलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्