नेपाली कांग्रेसको जागरण अभियान बुढीगंगा र ग्रामथानमा सम्पन्न

<span class='c1'>नेपाली कांग्रेसको जागरण अभियान</span> <span class='c2'>बुढीगंगा र ग्रामथानमा सम्पन्न</span>

विराटनगर, २ जेठ ।
नेपाली कांग्रेसले जागरण अभियान अनुसार मोरङको बुढीगंगा र ग्रामथान गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको निर्णय अनुसार हरेक स्थानीय तहहरुमा जागरण कार्यक्रम गर्ने योजना अनुसार बुढिगंगा गाउँपालिकाको बांसबारी र ग्रामथान गाउँ पालिकाको तेतरियामा राष्ट्रिय जागरण अभियान कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारले देशलाई ट्राक बाहिर हिँडाएको आरोप लगाएका छन् । नेपाली जनताको भावना अनुसार सरकारले कामै गर्न नसकेको बताउँदै हरेक क्षेत्रमा अंकुश लगाउने मात्र काम गरेको बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोईरालाले प्रतिपक्षी बलियो नहुँदा सरकारले मनपरी गर्न थालेको बताए । नेपाली कांग्रेस आफैँ कमजोर भएको अबस्थामा प्रमुख प्रतिपक्षीको भुमिका पनि कमजोर भएको बताउँदै अब तल्लो तहबाट नै काँग्रेस बलियो बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, केन्द्रीय सदस्य हसन अन्सारी, पुर्व केन्द्रीय सदस्य कविता सरदार, मोरङका कार्यवाहक सभापति शिव नारायण सिंह, महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सचिव नागेश कोईराला, मोदराज घिमिरे, कोषाध्यक्ष गोपाल बहादुर थापा नेताहरु दिलिप गच्छदार ,भक्तिनाथ माझी महासमिति सदस्यहरु, प्रदेश सांसदहरू क्षेत्रीय सभापतिहरूको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्