विराटनगरमा बिहानै माैसम बदली, साँझ हावाहुरी सहित पानी पर्ने सम्भावना

विराटनगरमा बिहानै माैसम बदली,  साँझ हावाहुरी सहित पानी पर्ने सम्भावना

विराटनगर, २ जेठ । विराटनगरमा लगातार बर्षा शुरु भएको छ । बुधवार साँझ अत्याधिक हावाहुरीसँगै रोकिएको बर्षा विहिवार बिहानै देखि भएकाे थियाे । माैसममा भएकाे बदलीसँगै अहिले माैसम सफा देखिएकाे छ । तर देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका अधिकांश क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ ।

अपरान्ह तिर पूर्वका केही तथा मध्य र पश्चिमका थोरै पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना पनि छ । बेलुकातिर हावाहुरी पनि चल्न सक्ने भएकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्