विराटनगरकाे जनविकास माबिमा पढ्ने विद्यार्थीकाे साइकलबाट लडेर मृत्यु

विराटनगरकाे जनविकास माबिमा पढ्ने   विद्यार्थीकाे  साइकलबाट लडेर मृत्यु

विराटनगर, २ जेठ ।  विद्यालयमा पढेर घर फर्कदै गरेका विराटनगरका एक विद्यार्थीको आफैँले चलाएको साइकलबाट लडेर मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१८ घर भएका १५ वर्षीय विक्रमकुमार अमातको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

उनका अनुसार विराटनगर–१५ मा रहेको जनविकास माविको कक्षा ८ मा अध्ययनरत अमात दिउँसो १ बजे स्कुलबाट आफैं साइकल चलाएर घर फर्कदै थिए। साइकलबाट लडेर घाइते भएपछि उपचारका लागि न्युरो अस्पताल ल्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्