विराटनगर, २ जेठ ।   प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा एक खाजा घरको उद्घाटन गरेका छन् ।  स्थानीय सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको मेन रोडस्थित सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को उद्घाटन गरेका हुन ।

Advertisement
खाजा घर सञ्चालिका ओझाले काठमाडौंमा चल्तिमा रहेको लाफिङ खाजा घरले दिने सेवा आफूहरुले विराटनगरवासीलाई दिने उद्देश्यले सञ्चालन गरेको बताइन् । मन्त्री घिमिरेले महिलामा ब्यवसायी हुनु पर्छ भन्ने भावना विकास भएकाे बताए । आफ्ना बहिनीहरुले सञ्चालन गरेको खाजा घर भएकोले प्रोत्साहन गर्नका लागि आफू व्यक्तिगत रुपमा सहभागी भएकाे  बताए ।

प्रतिक्रिया लेख्नुहोस