भरतपुर गोल्डकप : झापा ११ फाइनलमा प्रवेश, उपाधिका लागि संकटासँग भिड्ने

भरतपुर गोल्डकप : झापा ११ फाइनलमा प्रवेश, उपाधिका लागि संकटासँग भिड्ने

चितवन, २ बैशाख ।  झापा ११ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम सेमिफाइनलमा एपिएफलाई १ शून्य गोल अन्तरले पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो।

झापाको जितमा खेलको ५८ औँ मिनेटमा निसान लिम्बूले १ गोल गरेका थिए। खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि निसानको १ गोल नै निर्णायक बन्यो। झापाका निसान नै म्यान अफ द म्याच बने। उनले नगद १० रुपैयाँ हजार पाए। यो जितसँगै झापाले संकटासँगको उपाधि भिडन्त पक्का गरेको छ। संकटा क्लब घरेलु टिम चितवन ११ लाई पराजित गर्दै यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। प्रतियोगिताको फाइनल आगामी शनिबार हुने छ रेफ्री शुक्र तामाङले जानकारी दिए।

उपाधि दावेदारका रुपमा हेरिएका विभागीय टिमहरू एफएफसँगै त्रिभुवान आर्मी र पुलिस प्रतियोगिताबाटै बाहिरिएका छन्।  नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामी जेठ ४ गत्तेसम्म सञ्चालन हुने छ। एजे इन्टरनेशनल प्रालिद्बारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्