फेसबुक लाइभमा कडाइ ! नियम उल्लंघन गरे ३० दिनसम्म निषेध

फेसबुक लाइभमा कडाइ ! नियम उल्लंघन गरे ३० दिनसम्म निषेध

एजेन्सी, ३ जेठ । न्युजिल्यान्ड हमलाको दुई महिनापछि फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । क्रिसचर्चको मस्जिदमा भएको सो आक्रमणमा हमलाकारीले घटनाको समयमा फेसबुक लाइभ गरेको पाइएपछि कम्पनीको सो फिचर विवादमा आएको थियो । यसरी अनलाइन आतङ्क कम गराउने उद्देश्य सहित अहिले राष्ट्रप्रमुखहरुले सम्मेलनको तयारी गरिरहेकै बेला फेसबुकले यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार बुधबार देखि नै ‘वान स्ट्राइक’ नीति लागू गरिनेछ  जसमा कसैले फेसबुकको नियम उल्लंघन गरे सो प्रयोगकर्ताले अस्थायी समयका लागि जस्तै ३० दिनसम्म लाइभ प्रयोग गर्नबाट निषेधित हुनेछ । फेसबुकले कुनकुन नियम भनेर स्पष्ट नबताएपनि सामुदायिक स्तर अनुरुप सामाजिक संजालमा आतङ्क फैलाउने वा यसको प्रचार विरुद्ध रहेका नियमहरुलाई ध्यानमा राखेर वान स्ट्राइक लागू हुने बताएको छ । यस किसिमका गतिविधिमा संलग्न प्रयोगकर्तालाई आगामी हप्ताहरुमा विज्ञापन खरिदमा समेत रोक लगाउने कम्पनीले जनाएको छ ।

मबार मात्र सिएनएनसँग कुरा गर्दै न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डाले आफूले मार्क जुकरबर्गसँग दुईपटक प्रत्यक्ष कुरा गरिसकेको हुँदा यस विषयमा राम्रो कुरा भइरहेको बताएकी हुन् । यसरी फेसबुकले न्युजिल्यान्ड हमलाकारीले पोस्ट गरको आक्रमणको भिडियोका १५ लाख कपी डिलिट गरेको थियो । सो भिडियो फेसुकका साथै ट्वीटर र युट्युबमा पनि व्यापक शेयर भएको थियो । यसरी लाखौँ भिडियो हटाइसकेपछि पनि अझै कतिको व्यक्तिगत म्यासेजमा सो भिडियो हुन सक्ने बताइएको छ । तर फेसबुकले यसलाई गम्भीर समस्याका रुपमा लिएको भन्दै यस किसिमका भिडियोको अनुसन्धान गर्नकै लागि ७५ लाख डलर अतिरिक्त लगानी गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्